
दाङ , सल्यानमा तरकारी बोेकेको जीप बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् ।
दुर्घटनामा कपुरकोट गाँउपालिका–४ किमिचौरका कर्मि पुनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी पुनको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङमा उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको हो ।
कपुरकोट गाँउपालिका–४ किमिचौरबाट कपुरकोट आउँदै गरेको लु १ च ४१५३ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
तरकारी बोकेको जीपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
