
काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश सम्पर्क कमिटी प्रदेश नं ५ शपथ ग्रहण तथा प्रथम बैठक आज राजधानीको पेरिस डाँडामा सम्पन्न भएको छ ।


सम्पर्क समन्वयन समितिका इन्चार्ज छविलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको थियो । उक्त सपथ ग्रहण कार्यक्रममा सम्पर्क समन्वयन समितिका सह इन्चार्ज डिलाराम आचार्य , झक्कु सुवेदी लगायतका नेताहरुले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

