चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा ८ जना पक्राउ

९ आश्विन २०७६, बिहीबार ११:२८

गुल्मी , चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा ८ जना पक्राउ परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा गएको आइतबारदेखि श्रृंखलाबद्ध रूपमा ४७ घरमा चोरी भएको थियो ।

पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी चौकी मजुवामा राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्तिको खोजीका लागि गुल्मीमा सुरक्षाकर्मी र स्थानीयले गएको तीन दिनदेखि गाउँमा रातभर गस्ती अभियान गरिरहेका छन् ।