तरकारीको भाउ छुनै नसकिने, सरकारी निकाय बेखर

९ आश्विन २०७६, बिहीबार ००:२०

काठमाडौं, चार्डपर्वको बहाना बनाएर व्यापारीले आफुखुसी तरकारीको भाउ बढाउन थालेका छन्। एक साताको अवधिमा अधिकांश तरकारीको मूल्य बढेको छ। तर, सरकारी निकाय भने बेखर जस्तै देखिन्छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडा,प्याज, बोडी, लौका, करेला, साग, परवाल, फर्सि, च्याउ, काक्रो, स्याउ लगायत अधिकांश फलफूल तथा तरकारीको भाउ बढेको छ। तर, घटेका केही तरकारीको पनि व्यवसायीले पुरानै भाउमा विक्रि वितरण गर्दै आएका छन्।