
काठमाडौं , नानी बिवुले लेखेको उपन्यास ‘अनुक्रोश’ सार्वजनिक भएको छ । गैंडाकोटस्थित होटेल द नारायणीमा आयोजित कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुमाया कँडेल सापकोटा, स्रष्टा शान्ति शर्मा तथा तर्कना शर्माले उक्त कृतिको संयुक्तरूपमा विमोचन गरेका थिए ।
