
काठमाडौं , अमेरिका निवासी गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘मेरो मुटु’ को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भिडियोमा आधुनिक माया प्रेमको भावलाई प्रस्तुत गरिएको छ । भिडियोमा प्रेमिल जोडीलाई मनमोहक दृश्यमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । गायक कृष्ण काफ्लेको आवाज रहेको गीतको संगीत दीपक शर्माले गरेका छन् ।
अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा अनिशविक्रम शाह र भूमिका केसीको अभिनय छ
