पर्सामा आज बिहान चट्याङ लागेर एक युवकको मृत्यु

५ आश्विन २०७६, आईतवार १३:२६

सांकेतिक फोटो

पर्सा, पर्सामा आज बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो ।

बिहान ४ः३० बजेको समयमा चट्याङ लागि गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनु भयो । प्रहरीका अनुसार मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।