काठमाडौँ , चर्चित गायक बद्री पंगेनीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘धानको चामल बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको हो । यस गीतमा रमेश बिजीको शब्द र तिलक ओलीको संगीत रहेको छ ।
यस गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक निखिल उप्रेती नाचेका छन भने उनीसंगै कला लम्सालको पनि दमदार अभिनय रहेको छ । भिडियोमा अरुण अशोक कुमारको छायाकंन ,मिलन विश्वकर्माको सम्पादन र शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
