काठमाडौँ , रिम रोकाको मार्मिक लोक गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ ।
‘जिन्दगी’ नामक गीतमा रिम रोका र राम गगनको आवाज रहेको छ भने राम गगनकै शब्द, संगीत छ । राम गगनकै निर्देशन रहेको गीतको भिडियोमा करण चैसिरको छायांकन तथा उत्तम कुमार कार्कीको सम्पादन छ ।
रिम रोका क्षेत्री, धुर्व जिसि, सोनाम काउछा मगर, अनुप ईश्वर बिश्वकर्मा, बालदेभी रोका क्षेत्री लगायत अन्य कलाकारहरुको गीतको भिडियोमा अभिनय रहेको छ ।
