
बुटवल, मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउनु भएको छ । उहाँले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताउनु भयो ।
संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताउनु भएको हो ।
उहाँले संविधानमा सबैका आकाङ्क्षालाई समेट्न नसकिए पनि मौलिक दृष्टिकोण र जनअधिकार सम्पन्नताका हिसाबले संविधानसभाबाट निर्माण भएको नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताउनु भयो ।
