
काठमाडौं , नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । दाहालको हृदयघातबाट निधन भएको हो । शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका दाहालको शुक्रबार बिहान निधन भएको हो ।
२०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने र आजै दिउँसो पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाएको छ ।
