
काठमाडौं , चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको बताएको छ ।
व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।
२२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पु¥याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।
सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।
