संविधान ढुंगामा कुँदेको अक्षर होइनः भट्टराई

२ आश्विन २०७६, बिहीबार १८:१३
100

100
baburam

काठमाडौं, समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान संशोधन नगरेर आफूहरुले ठूलो गल्ती गरिरहेको बताउनु भएको छ । उहाँले भन्नु भयो, हामीले गल्ती गरिरहेका छौँ। हिमाल पहाड तराई सबैको स्वीकार्य भएन भने जतिसुकै गुणगाण र बखान गरे पनि अर्थ छैन। संविधान संशोधन नभए ठूलो दुर्घटना हुन्छ।’

संघीय संसदको बजेट अधिवेशन समापनका क्रममा बिहीबार बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले सबै नेपालीको भावना समेट्न संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । भट्टराईले संविधानका दुर्बल पक्षलाई संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो,‘संविधान ढुंगामा कुँदेको अक्षर होइन, हिमाल, पहाड, तराईका जनताको भावना समेट्न यसलाई संशोधन गरौँ, संविधान आधा भरी गिलास छ, आधा खाली गिलास छ। यसलाई पुरै भरी बनाउन संशोधनको विकल्प छैन।’ ४ वर्षसम्म संविधान संशोधन गर्न नसकेकोमा चित्त दुखाउँदै भट्टराईले यो गल्तीलाई सुधार्नुपर्ने बताउनु भयो ।