
काठमाडौ , गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा रहेको उहाँको प्रतिमामा माल्यार्पण सहितको कार्यक्रम आयोजना गर्दैछ।
विसं १९७२ सालमा जन्मिनु भएका सिंहको ०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो। लौह पुरुषका नामले समेत चिनिनु भएका उहाँले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गर्नु भएको थियो । २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नु भएको थियो ।
०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र २०४७ को संविधान निर्माणपछि उहाँले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाउनु भएको थियो । त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उहाँको धारणा थियो ।
