
काठमाडौं, नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएको हो।
उहाँले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मिटर बिलमा उठेभन्दा बढि महशुल घरबेटीलाई नबुझाउन भाडावालहरुलाई पनि आग्रह गर्नु भयो । नेपाल विद्युत प्राधिकरणको मिटर बिलमा उल्लेख गरिएभन्दा बढि भाडा लिन नपाउने कानुनी व्यवस्था रहेको पनि कार्यकारी निर्देशक घिसिङले स्पष्ट पार्नु भयो । प्राधिकरणले विद्युत महशुल आफ्नो वेबसाईटमा उल्लेख गरिएकाले त्यसमा हेरेर त्यसको महशुल थाहा पाउन पनि उपभोक्ताहरुलाई आह्वान गरेको छ।
