सरकारले लोकतन्त्रको मर्म, मूल्य र मान्यता खोस्ने प्रयास गरिरहेको छः देउवा

२६ भाद्र २०७६, बिहीबार १५:०८

धरान , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जित्नेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । कांग्रेस धरान उपमहानगर कमिटीको नगरसभा उद्घाटनमा सम्बोधन गर्दै देउवाले सो कुरा बताउनु भएको हो । उहाँले जनता सर्वशक्तिमान भएको धारणा राख्दै जनताको मन जित्नेगरी काम गर्न आफ्ना नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । यसको लागि जनताको घर घरमा पुग्नुपर्ने बताउनु भयो ।

वर्तमान सरकारले लोकतन्त्रको मर्म, मूल्य र मान्यता खोस्ने प्रयास गरिरहेको भन्दै देउवाले त्यसविरुद्ध कांग्रेसले डटेर सामना गर्ने बताउनु भयो । नेपाली जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकारमाथि नै वर्तमान सरकारले प्रहार गरिरहेको र कांग्रेस हेरेर बस्न नसक्ने देउवाको भनाइ थियो। उहाँले प्रजातन्त्रको मूल्य, मान्यता र आधारमाथि कांग्रेसले कुनै पनि सम्झौता नगर्ने पनि बताउनु भयो ।