विप्लवका पाँचथर सेक्रेटरी नेम्बाङ पक्राउ

२५ भाद्र २०७६, बुधबार १९:४२

dfxnhjd

पाँचथर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

चन्द नेतृत्वका जिल्ला सेक्रेटरी नेम्बाङलाई फिदिम नगरपालिका–१४ को लुङरुप्पा भन्ने ठाँउबाट पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

विगतमा स्थानीय तहका प्रमुख, उद्योगी, व्यावसायी, ठेकेदार, गैरसरकारी संघसंस्था लगायत विभिन्न व्यक्तिहरुलाई फोन गरेर चन्दा मागेको र धम्की दिएको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका नेम्बाङलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान थालिएको पाँचथर प्रहरीले जनाएको छ ।