पर्सामा करेन्ट लागेर बालकको मृत्यु

२५ भाद्र २०७६, बुधबार १२:११

पर्सा , आफ्नै घरको बिजुलीको तारबाट करेन्ट प्रवाह भई घाइते पर्साका एक बालकको मृत्यु भएको छ।

जिल्लाको धोविनी गाउँपालिका २ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठाको बुधबार बिहान घरमै करेन्ट लागेर मृत्यु भएको हो।

बिजुलीको तारबाट करेन्ट लागि घाइते भएका बालकको उपचारको लागि वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।