विप्लवका छोरा चन्द कलेजबाटै पक्राउ

२५ भाद्र २०७६, बुधबार ११:००

चितवन , सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेजबाट पक्राउ परेको हुन्।

पक्राउ पर्नेमा चन्दसहित करिब १५ जना विद्यार्थी रहेका छन् । चितवन मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा कलेजमा अध्ययनरत विद्यार्थीले दिनहुँ आन्दोलन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप हुँदा बुधबार बिहान प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।

कलेजको गेट अगाडी प्रदर्शन गरिरहेका विद्यार्थी कलेजभित्र छिर्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अस्पतालभित्रै प्रवेश गरी सेवा गर्न र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको बताइएको छ ।