मौसमः देशभर बदली, मध्य र पूर्वका केही ठाउँमा वर्षाको सम्भावना

२४ भाद्र २०७६, मंगलवार ११:१६

काठमाण्डौ , मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशका केही ठाउँमा भने ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । यस्तै, मंगलबार राति पनि देशभरकै मौसम सामान्यदेखि पूर्ण बद्ली हुने धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ । मध्य र पूर्वका केही ठाउँमा भने राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।