सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा छः प्रचण्ड (भिडियो सहित)

२२ भाद्र २०७६, आईतवार १०:१३

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा रहेको कुरा बताउनु भएको छ । शनिवार एक पुस्तकको बिमोचन कार्यक्रममा यो कुरा बताउनु भएको हो ।

नेपाली राजनीतिको अहिलेको यक्ष प्रश्न नबनेको समाजवादी यात्रा कहिले, कसरी, कस्तो बाटोबाट भन्ने विषयमा प्रचण्डले विचार व्यक्त गर्नु भयो । अध्यक्ष प्रचण्डले नयाँ ढंगले क्रान्तिलाई अघि बढाउनुपर्ने आवश्यकता माओले लिएको लक्ष्यअनुसार आफूहरू रहेको स्पष्ट पार्नु भयो ।

समाजवादको झण्डा झुक्न दिइने छैन । पूँजीवादका अगाडि घुँडा टेकिने छैन ।’ अध्यक्ष प्रचण्डले तत्काल केही उतारचढाव देखे पनि समाजवादको सपना पूरा हुने दाबीसमेत गर्नु भयो ।‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौं । अन्य देशले अबलम्वन गरेका मोडल हामी सजिलै भन्न सक्छौँ । तर, हामीले २१ औँ शताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको बहसमा हामी छौँ ।( बिस्तृत भिडियोमा)

https://youtu.be/zt5ci5UntZI