निर्माण नसकिदै भत्कियो सय करोडको सडक

२० भाद्र २०७६, शुक्रबार १०:०८

जनकपुर, एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ ।

गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरित काम गर्न निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्किन थालेको हो ।

जनकपुर बजार क्षेत्रमा भूमिगत नाला सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडीबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थियो ।

सम्झौताअनुसार अबको चार महिनाभित्र आयोजना पूरा गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ ।

हस्तान्तरण गर्ने समय नजिकिदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।