पूर्वसभासद डीबी कार्की पक्राउ

१९ भाद्र २०७६, बिहीबार १३:२५

काठमाडौँ, पूर्वसभासद डोलबहादुर कार्की पुनः पक्राउ परेका छन् ।

कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो ।

कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ ।
यसअघि तत्कालीन एमालेका तर्फबाट सभासद रहेका कार्की २०६७ भदौमा पक्राउ परेका थिए ।

पक्राउपछि सोही साल चैतमा ५ लाख धरौटी बुझाएर रिहा भएका उनी प्रहरीको फरार सुचीमा थिए ।