सुनको मूल्य घट्यो

१९ भाद्र २०७६, बिहीबार १२:०६

काठमाडौं, सुनको मूल्य घटेको छ । छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।