सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढ्यो

१८ भाद्र २०७६, बुधबार १६:२९

काठमाण्डौ , सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेकोे छ ।

सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको ९ गते सुन अहिलेसम्मकै महंगो तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यसयता घट्दै गएको सुनको भाउ बुधबार फेरि ९ गतेकै भाउमा पुगेको हो । मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक गतिरोध बढेकाले भाउ बढेको महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ बढेर तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।