ऋषि पञ्चमीका दिन धमलाको खुट्टाको जल यसरी खान्छिन एलिजा

१७ भाद्र २०७६, मंगलवार १४:२९

काठमाण्डौ, चर्चित पत्रकार तथा रिपोर्टस क्लव नेपालका अध्यक्ष ऋषि धमलाले श्रीमतिलाई खुट्टा ढोगाएर जल खुवाएको तस्विर फेसबुकमा पोष्ट भए लगत्तै सामाजिक सञ्जालमा चर्चा पाएको छ । सामाजिक सञ्जालमा कसैले आलोचना गरेका छन भने कसैले धमलाको बचाउ गरेका छन । धमला बेला बेलामा केहि नयाँ कुराले चर्चामा आउने पात्र हुन । गत बर्षको तिजमा पनि उनकी श्रीमति एलिजाले धमलाको खुट्टा ढोगेर जल खाएको तस्विर सार्वजनिक भए पछि चर्चा नै पाएको थियो । अहिले पनि यो बिषयले ब्यापक चर्चा पाएको छ । हाम्रो हिन्दु धर्मको संस्कार अनुसार एलिजाले धमलाको खुट्टाको जल खाएकी हुन । यो हाम्रो परम्परा र संस्कार पनि हो । उनले आफनो इच्छा अनुसार आफनो श्रीमानको खुट्टाको जल खाएर ढोग्नु उनको अधिकारको कुरा हो ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।