खोलामा डुबेर बालकको मृत्यु

१५ भाद्र २०७६, आईतवार १४:४३

जलेश्वर, महोत्तरीको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मोउवेस नट्टका छोरा २ वर्षीय मोईरफान नट्ट रहेको प्रहरीले जानकारी दिएको छ ।

खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएको थियो ।

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।