
अमेरिका, अमेरिकाको टेक्सासमा बन्धुकधारीको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर एक्काईस जना घाईते भएका छन् । पश्चिम टेक्सासको ओडेसामा एक ब्यक्तिले अमेरिकी हुलाक सेवाको गाडी अपहरण गरेर अन्धाधुन्ध गोली चलाएको हो ।
बन्दुकधारीले ओडेसा र मिडल्याण्ड क्षेत्रमा अनियन्त्रित रूपमा गोलि चलाएको प्रहरीले जानकारी दिएको छ ।आक्रमणमा सग्लन बन्दुकधारीको पनि प्रहरी कारवाहीमा मृत्यु भएको छ ।
प्रहरीले उसलाई ओडेसामा सिनर्गी चलचित्र भवन नजिक गोली हानी मारेर मारेको हो । शुरूमा आक्रमणकारी एकभन्दा धेरै अनुमान गरिएको थियो । तर ओडेसा प्रहरीले आक्रमणमा एक जना मात्रै संग्लन रहेको जानकारी दिएको छ ।
आक्रमणकारीको पहिचान खुलाईएको छैन । आक्रमणको उद्धेश्य पनि प्रष्ट नभएको प्रहरीले जनाएको छ । अमेरिकामा पछिल्लो समय बन्दुकधारीवाट आक्रमणका घटना बढेका छन् ।
बन्दुक नियन्त्रण गर्ने कानून निर्माणको आवाज पनि चर्को रूपमा उठिरहेको छ । चारहप्ता अघि पनि बन्दुधकारीको आक्रमणमा टेक्सासमा २२ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका थिए ।
