किसानको साढे ६४ करोड अलपत्र

१५ भाद्र २०७६, आईतवार ०९:०४

बुटबल, स्थानीय तीन उखु उद्योगले गरिब किसानको उखु खरिद गरेबापतको ६४ करोड रुपैयाँ भुक्तानी दिएका छैनन् ।

यस क्षेत्रका बागमती, इन्दिरा र सुनवल चिनी मिलले किसानका लागि सरकारले उपलब्ध गराएको अनुदान समेत बाडेका छैनन् ।

सरकारी अनुदान समेत जोड्दा किसानले नपाएको ६४ करोडभन्दा माथि पुग्छ । तीन उद्योगमध्ये सबैभन्दा बढी सुस्ता गाउँपालिका–२ कुडियाको बागमती खाँडसारी मिलले २२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यो उद्योगले ३३ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेमा साढे २२ करोड रुपैयाँ बाँकी राखेको छ ।

उद्योगका प्रमुख कार्यकारी निर्देशक टंकनाथ काफ्लेले अघिल्लो वर्षको भुक्तानी सकेर यो वर्ष करिब ६ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिएको जानकारी दिए ।यो समाचार आजको नागरिक दैनिकमा छ ।