सत्यमोहन जोशीको फोटो अंकित सिक्का सार्वजनिक

२४ भाद्र २०७६, मंगलवार २०:११

काठमाडौं, नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर अंकित गरिएका ती सिक्का सार्वजनिक गरेको हो।