यो वर्षभित्रै प्रदेश पाँचको नाम र केन्द्रको टुंगो लाग्छः मुख्यमन्त्री पोख्रेल

३१ भाद्र २०७६, मंगलवार १५:४४

सन्धिखर्क, प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताउनु भएको छ । अर्घाखाँचीमा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै नाम र केन्द्र टुंगाउने बताउनु भएको हो ।

सबैलाई चित्त बुझ्दो ठाउँ र नाम ल्याउनका लगि आफू लागिपरेको बताउँदै उहाँले प्रदेशले नाम र केन्द्रको विषयमा ढिलै गर्‍यो राम्रै गर्‍यो भन्ने बनाउन आफूहरु लागिपरेको बताउनु भयो । प्रेस संगठन नेपालले मंगलबार अर्घाखाँचीमा आयोजना गरेको उक्त कुरा बताउनु भएको हो ।

संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको बताउनु भयो ।
प्रदेश पाँच सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडी रहने गरी आफूहरुले कानुन निर्माण गरेको बताउनु भयो । उहाँले विकास निर्माण र समृद्धिको दिसामा सरकार अगाडी बढेको बताउनु भयो । दुई तिहाइको नेकपाको सरकार अधिनायकवाद छ भन्नेहरु पनि धेरै रहेको बताउँदै मुख्य मन्त्री पोख्रेलले नेकपा संविधानलाई मान्ने लोकतान्त्रिक जनआन्दोलनबाट अगाडी बढेको पार्टी भएकाले पाँच वर्षमा निर्वाचन गराएरै छाडने दाबी गर्नु भयो । राजनीति जेजस्तो भएपनि विकास र समृद्धिमा सहकार्य सबै दलहरु बीच हुनुपर्ने बताउनु भयो ।