यस्तो छ आज सुन चाँदीको मूल्य

६ आश्विन २०७६, सोमबार ११:४३

काठमाडौं, आज सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यहि मूल्यमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।