सिंहदरबार परिसरबाट पक्राउ परेका पत्रकार रिहा

३० भाद्र २०७६, सोमबार १९:५६

काठमाडौं , सिंहदरबार परिसरबाट सोमबार दिउँसो पक्राउ परेका नौ जना पत्रकारलाई साँझ प्रहरीले छाडेको छ । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन जना पत्रकार निष्कासनविरुद्ध पुर्नवहाली गर्न माग गर्दै पत्रकारहरू रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबार पुगेका थिए ।

रेडियो नेपालका कार्यकारी प्रमुख सुरेश कार्कीसँग वार्ता सफल नभएपछि नारा जुलुस लगाउँदै गर्दा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित नौ जना पत्रकारलाई पक्राउ गरेको थियो । महासंघका पदाधिकारीको रोहवरमा पक्राउ परेका सबैलाई प्रहरीले छाडेको हो ।