नेपाल आइडलका रवि र अस्मिताको नयाँ गीत ‘च्याप्प समाउँदै’बोलको गीत सार्वजनिक (भिडियो)

२२ भाद्र २०७६, आईतवार १३:०८

काठमाडौं , चर्चित रियालीटि शो नेपाल आइडल २’का रवि ओड र अस्मिता अधिकारीको नयाँ गीत सार्बजनिक भएको छ । रवि ओड र अस्मिता अधिकारीको सुमधुर स्वर रहेको ‘च्याप्प समाउँदै’ बोलको गीत बिहिबार सार्वजनिक भएको हो । सार्वजनिक भए लगत्तै यस गीतलाई दर्शकले निकै रुचाएका छन् ।

यस गीत अहिले युट्युब ट्रेन्डिङको १९ औ स्थानमा रहेको छ । यस गीतमा कृष्ण केसीको शब्द र हरि लम्सालको संगीत रहेको छ । निकेश खड्काले निर्देशन गरेको यस गीतको भिडियोमा आकाश श्रेष्ठ र वर्षा राउतको दमदार अभिनय रहेको छ ।