जनकपुरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी

१० आश्विन २०७६, शुक्रबार ११:३८

जनकपुरधाम, जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। सुरक्षाको वर्तमान अवस्था र चुनौती विषयक गोष्ठी हुने बताइएको छ।

भोलिसम्म चल्ने गोष्ठीमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव्, राज्यमन्त्री सरोज सिंह, आठ जिल्लाकै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका अधिकारीकोसहितको सहभागिता रहेको छ।

भोलि गृहमन्त्री रामबहादुर थापा समेत गोष्ठीमा सहभागि हुने कार्यक्रम रहेको बताइएको छ ।