अष्ट्रेलिया र यूएईसँग हवाई सेवा सम्झौता हुँदै

१२ आश्विन २०७६, आईतवार १०:२२

काठमाडौं, नेपाल र अष्ट्रेलिया बीच सोमबार एअर सर्भिस एग्रिमेन्ट (हवाई सेवा सम्झौता) हुँदैछ ।

क्यानडाको मोन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं सम्मेलनमा दुवै मुलुकका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्दैछन् ।

दुवै मुलुकबीच साताको कति संख्यामा उडान गर्ने भन्ने विषय सम्झौतामा उल्लेख हुँदैछ ।

नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सम्झौता नहुँदा नेपालबाट अष्ट्रेलिया जाने र नेपाल आउने दुवै मुलुकका नागरिक तथा अन्य मुलुकका पर्यटकले अन्य देशमा ट्रान्जिटमा बस्नुपर्ने बाध्यता छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।