
काठमाडौं, १३२ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी विमान बिहीबार जापान प्रस्थान गरेको छ । नेपाल वायुसेवा निगमले १२ वर्षपछि पहिलोपटक जापानका लागि सिधा उडान गरेको हो । बिहीबार बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाका लागि उडेको वाइडबडी जहाजमा २७४ सिट । संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसदसहित एक सय ३२ यात्रु जापान प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
निगमले सातामा मंगलबार, बिहीबार र शनिबार काठमाडौ–ओसाका उडान गर्ने तालिका राखेको छ । जापानमा पनि नेपाल वायुसेवा निगमको पहिलो उडानलाई स्वागत गर्ने तयारी भइरहेको छ । जहाजलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत विमानस्थल पुग्ने भएका छन् ।
