
काठमाण्डौ , नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
सिप्रदीले भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ सार्वजनिक गरेको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एच फाइभको नेपाली बजारमा सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिन अघि खुला गरिएको हो । टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ ।
