
बुटवल, पाल्पाको एक विद्यालयमा अनौठो प्रकारको बिमारले एक किशोरीको मृत्यु भएको छ । रम्भादेवी गाउँपालिकास्थित रम्भा माध्यामिक विद्यालय कक्षा १० की १६ वर्षीया छात्रा कमला फालाको मृत्यु भएको हो । अन्य ८ जना विद्याथीहरु कक्षाकोठामा पढ्दापढ्दै रुँदै र बेहोस हुँदै ढलेका छन् भने दुई किशारीहरु गम्भीर अवस्थामा रहेका छन् ।
