अर्घाखाँची सरोकार समाजले काठमाण्डौमा बृहत तिज बिशेष कार्यक्रम गर्ने

११ भाद्र २०७६, बुधबार १३:०९

काठमाण्डौ , अर्घाखाँची सरोकार समाजले तिज बिशेष तथा बृहत भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम यही भदौ १४ गते सनिबार बागबजार शंखरदेब क्याम्पसमा हुने आयोजकले जानकारी गराएको छ । अर्घाखाँची जिल्लाबाट काठमाण्डौमा आई बिभिन्न पेसा, व्यवसाय, बिद्याथी बिच चिनजान र भेटघाट गर्ने उदेश्यले भेला राखिएको हो ।

साथै अर्घाखाँची जिल्लाको कला, संस्कृतिको जर्गेना गर्दै पर्यटन बर्ष २०२० लाई सहयोग पु¥याउने उदेश्य पनि सरोकार समाजले काठमाण्डौमा विविध सांस्कृतिक कार्यक्रम गर्न लागेको आयोजकको भनाई छ ।

पछिल्लो समय बिभिन्न पेसा व्यवसायका कारण आफनो जन्मथलो छोडेर देश भित्र वा बाहिर जान बाध्य छन् जसको फलस्वरुप आफनो गाँउ ठाउँ र आफन्त बिच भेटघाट पनि पातलिदै गईरहेको बेला अर्घाखाँचीका यूवाहरुको सक्रियतामा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको अवसरमा तिजको नाचगाँन र दरखाने कार्यक्रम रहेको बताईएको छ । अर्घाखाँचीबाट काठमाडौमा आई बसेका सवैजनालाई सहभागी हुन समेत आहवान गरिएको छ । कार्यक्रममा ३ हजार भन्दा बढीको सहभागीता हुने आयोजकको अनुमान छ ।