
ओखलढुङ्गा,ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो ।
घरनजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङले लागेको स्थानीयले बताएका छन् । चट्याङले लागेका मगरलाई स्थानियले उद्धार गरी घरमा ल्याउदै गर्दा मृत्यु भएको ओखलढुंगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।
