मदिरासहित भारतीय नागरिक पक्राउ

१० भाद्र २०७६, मंगलवार १४:०९

महोत्तरी , दशगजा नजिकै रहेको जलेश्वर नगरपालिका वडा नं ५ पर्सा पतैली हँुदै भारततिर सोफी मदिरा तस्करी गर्न लागेका एक भारतीय युवक पक्राउ परेका छन् । प्रहरी चौकी पर्साका असइ ईन्द्रदेव सिंह नेतृत्वको टोलिले भारतको चरौत थाना वडा नं ८ निवासी अमरेश कुमार यादवलाई पक्राउ गरेको हो ।

केहि महिना अगडि वडा नं ५ को चौरिया र पर्सामा टोलमा मदिरा बिक्रीमा पूर्ण निषेध गरिएको थियो । उक्त बाटो प्रयोग गर्न निषेध गरिएपनि पछिल्लो समय सोही बाटो हुँदै तस्करी बढेपछि स्थानीयले कडाई गर्दै आएका छन् । प्रहरीले मदिरा सीमा पार गर्न लागेका यादवलाई तस्करी आरोपमा १८० बोतल मदिरासहित स्थानीयकै सहयोगमा पक्राउ गरेको हो ।