
काठमाडौं , कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्यायालयको सम्मान गर्दै मुद्दाबारे नबोल्ने बताएका छन् । उनले चितवनमा पत्रकार सम्मेलन गर्दै आगामी कार्यक्रम झनै सशक्त बनाएर लैजाने बताएका हुन ।
“सम्मानित अदालतले मुद्दाका विषयमा नबोल्न भनेको हुँदा मैले कानुनी प्रक्रियालाई सघाउनेछु,” रविले भने, “हाम्रो न्यायका लागि यतिका दिनसम्म खटिनुहुने सबैलाई हृदयदेखि नै आभार र धन्यवाद ज्ञापन गर्न पत्रकार सम्मेलन गरिएको हो । सीधा कुरा जनतासँग कार्यक्रम अझ बढी जोशिलो र ओजिलो हुनेछ । हामीलाई अब निदाउने समय छैन । हाम्रो टिमलाई फराकिलो बनाउनुपर्ने अवस्था छ । शनिबारसम्ममा स्टुडियोबाट लाइभ गर्ने प्रयास गरेको छु ।”
रविले आजै २ बजे चितवनमा धन्यवाद सभा राखिएको जानकारी गराए ।
