‘हे बरै’ गीत सार्वजनिक (भिडियोे सहित)

८ भाद्र २०७६, आईतवार १९:२२

काठमाडौं , गायक सञ्जय बडाल र गायिका राधिका हमालको आवाजमा सजिएको गीत ‘हे बरै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द वरिष्ठ गीतकार बिबी थापाको रहेको छ। सार्वजनिक गीतमा संगीत तथा एरेञ्ज लोकाप्रिय एरेञ्जर मनोज चौलागाईंको रहेको छ भने यस गीतको भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका हुन्। आशिष नेपालको निर्देशन रहेको यस गीतको भिडियोमा इशा नेपाल र नवराज पौड्यालको नृत्य तथा अभिनय रहेको छ। उक्त गीतको सम्पादन प्रकाश एसकेको रहेको छ।