जिल्ला अस्पतालमै सुत्केरीको मृत्यु

७ भाद्र २०७६, शनिबार १८:४९

बाजुरा , जिल्ला अस्पताल बाजुरामा सुत्केरी महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका ७ जिल्ली घर भएकी २१ वर्षकी बसन्ती नेपाली रहेकी छन् । नेपालीको पेटमै मृत्यु भइसकेको बच्चा जन्माएको करिब दुई घण्टा पछि अस्पतालको शैयामै ज्यान गएको हो ।

बच्चा खेल्ने भागको पानी फोक्सोमा पुगेको र रगतसँगै पानीपन नशामा मिसिएर एकाएक ज्यान गएको जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर टीका राईले बताएका छन् । सुत्केरी गराउन डाक्टर राई सहितको टोली खटिएको थियो ।