
काठमाडौँ , हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई पारेर महिला उद्यमी सुष्मा महराको तिज गीत ‘तिज आयो’ सार्वजनिक भएको छ ।
वरिष्ठ ब्युटिसियन फिसियल हाउसकि प्रवन्ध निर्देशक समेत रहेकी महरा गीत संगीतको क्षेत्रमा पनि उत्तिकै अब्बल रहेकी छन् । उनकै शब्द सिर्जनामा रहेको ‘तीज आयो’ लाई गायिका मीना निरौलाले स्वर तथा संगीत भरेकी छन् भने संगीत संयेजनमा निरज श्रेष्ठले साथ दिएका छन् ।
फिसियल हाउसको प्रस्तुती रहेको सार्वजनिक तीज गीतको भिडियोमा नायिका नीता ढुंगानाको दमदार नृत्य रहेको छ ।भिडियोमा नायिका ढुंगाना संगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ । उज्ज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
