
काठमाडौं , प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच संवाद नभइरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको हो । बैठकमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, संघीय समाजवादी र राजपा गरी चार दलका शीर्ष नेतालाई बोलाइएको छ ।
लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन सर्वदलीय बैठक बोलाइएको हो । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेका छन् । सोही कारण पनि सर्वदलीय बैठक बोलाइएको बताइएको छ ।
