अरुण खोलाको डाइभर्सन बगायो, पूर्व(पश्चिम) राजमार्ग ठप्प

२ भाद्र २०७६, सोमबार १२:३०

नवलपरासी , पूर्वी नवलपरासीस्थित अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग १५ घण्टादेखि ठप्प छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा आइतबार साँझ ७ बजेदेखि यातायात अवरुद्ध छ। सडक अवरद्ध भएका कारण राजमार्गमा सवारीको लाइन लागेको छ।