
काठमाडौं , गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द रहेको गीतमा रोशन बालुवाकै संगीत छ । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।
गीतको कोरियोग्राफी भने मोडल सागर कार्कीले गरेका हुन् । गीतको मुख्य भूमिकामा सागरसहित स्मृति बोहरा रेग्मी र अञ्जु विश्वकर्मा छन् । गीतको छायांकन जनक अधिकारीले गरेका हुन् भने भिडियो निर्देशन सोनु कुमारले गरेका छन् । भिडियो ललितपुरको भैँसेपाटीमा छायांकन गरिएको हो । संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
