काठमाडौं , चर्चित नेपाली टेलिसिरियल ‘भद्रगोल’बाट मुन्नीको नामले चर्चामा पाएकी प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार युट्युबबाट रिलिज गरिएको ‘सारीमै लाउने’ म्युजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । शाहिल खड्काको शब्द सृजना, संगीत र स्वर रहेको सो म्युजिक भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका हुन् ।
